क्यान्सर पीडित जमुनामायाकाे उपचारका लागि सहयाेग जुट्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्यान्सर पीडित जमुनामायाकाे उपचारका लागि सहयाेग जुट्दै

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०८१, शनिबार

    दमाैली । ब्लड क्यान्सर पीडित भानु नगरपालिका-१३ पोखरीछाप निवासी ५३ वर्षीया जमुनामाया गुरुङको उपचारका लागि सहयाेग जुट्ने क्रम सुरु भएकाे छ । आर्थिक अभावमा उपचारमा समस्या भएकाे समाचार प्रकाशन भएपछि गुरुङकाे उपचारका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयाेग गर्न थालेका हुन् ।

    सामाजिक अभियान्ता गल गुरुङले उनकाे उपचारका लागि सहयाेग अभियान सुरु गरेका थिए ।

    गुरुङकाे उपचारका लागि पाेखरीछापबाट रु एक लाख ३५ हजार सात सय ९५ र चाम्पानी सतिस्वाँराबाट दश हजार निजका बुहारी विपना गुरुङलाई शनिबार हस्तान्तरण गरिएकाे छ ।

    त्यस्तै गैरीस्वारा घर भई वैदेशिक रोजगारीमा रहेका दिल गुरुङले ६ हजार सहयोग गरेका छन् ।

    भानु-१३ सम्जुर हाल बेशीशहर निवासी नसुरदिन मिया र भानु १३ निवर्तमान वडा सदस्य समिना बेगमबाट रु तीन हजार, सान कन्सल्टेन्सीका प्रबन्ध निर्देशक नजरत अलीले रु दुई हजार सहयाेग गरेका छन् ।

    भानु-१३ तिनघरे हाल नेपाली सेनामा कार्यरत सुबेदार सम्भु अधिकारीबाट रु तीन हजार, भानु-१३ चन्द्रावती हाल रोजगारीको सिलसिलामा प्रवासमा रहेका अर्जुन खडकाले रु पाँच हजार सहयाेग गरेकाे गल गुरुङले जानकारी दिए ।

    गुरुङकाे उपचारमा सहयाेग गर्न उनको परिवारले आग्रह गरेकाे छ । निजका श्रीमान् चित्रबहादुर गुरुङले श्रीमतीकाे उपचारमा सहयाेग गरिदिन सबैलाई आग्रह गरेका छन् ।

    केही महिना यता बिरामी भएको र जाँच गर्न जाँदा उनलाई ब्लडक्यान्सर भएको पत्ता लागेको थियाे । नेपालको विभिन्न अस्पतालहरुमा उपचार हुन नसकेपछि उनलाई भारतको राजधानी दिल्ली स्थित एक अस्पतालमा रिफर गरिएकाे थियाे । पैसाको अभावमा उपचार गर्न जान नसिकएकाे निजका श्रीमान् चित्रबहादुरले बताए ।