गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चद्वारा पुरस्कार घाेषणा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चद्वारा पुरस्कार घाेषणा

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०८१, आईतवार

    दमाैली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार सरुभक्तलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका पदाधिकारी एवं पुरस्कार छनोट समितिका संयोजक र सदस्यहरुको शनिबार बसेको बैठकले यस वर्षको उक्त पुरस्कार कास्कीका सरुभक्तलाई अर्पण गर्ने निर्णय गरेको हो ।

    उक्त पुरस्कारको राशी रु २५ हजार रहेको छ । नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार सरुभक्तलाई प्रदान गरिने मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

    यसैगरी नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्मय पुरस्कार भारत कलकताका सत्यप्रकाश तिवारीलाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त पुरस्कारको रकम रु २५ हजार रहेको छ ।

    गीतल राष्ट्रिय पुरस्कार दैलेखका ओम रिजाललाई प्रदान गर्ने निर्णय गरिएको छ । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।

    गीतल प्रतिभा पुरस्कार तनहुँको भिमाद नगरपालिका निवासी नारायणकैलाश सिग्देललाई प्रदान गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको रकम रु पाँच हजार रहेको छ ।

    यस्तै यस वर्षबाट थालनी गरिएको सरदार यदुनाथ खनाल सम्मान भने केही समयपछि सार्वजनिक गरिने मञ्चका अध्यक्ष अधिकारीले जानकारी दिए । घोषणा गरिएका पुरस्कार आगामी चैत महिनामा आयोजना हुने विशेष कार्यक्रमका बीच प्रदान गरिने उनकाे भनाइ छ ।

    मञ्चले स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष प्रदान गर्दै आएको विभिन्न विधाका पुरस्कारको घोषणा गरेको हो ।

    मञ्चले विगत सात वर्षदेखि विभिन्न व्यक्तिहरुलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको सचिव माधव अधिकारीले जानकारी दिए ।

    गीतल प्रतिभा पुरस्कारका लागि शिव आर्यको संयोजकत्वमा शोभा सिंह ठकुरी र आकाश अधिकारी सदस्य रहेको समिति गठन गरिएको थियो । गीतल राष्ट्रिय पुरस्कारका लागि पुरु लम्सालको संयोजकत्वमा आकाश अधिकारी र तिला लेकाली सदस्य रहेको समिति गठन गरिएको थियो ।

    नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्मय पुरस्कारका लागि आकाश अधिकारीको संयोजकत्वमा डिल्लीराम मिश्र र प्रा.डा. रमेशचन्द्र अधिकारी सदस्य रहेको समिति गठन गरिएको थियो । क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कारका लागि डिल्लीराम मिश्रको संयोजकत्वमा अमनप्रताप अधिकारी, आकाश अधिकारी, डा. नवराज लम्साल र पुरु लम्साल सदस्य रहेको समिति गठन गरिएको थियो ।