दमौली। नेशनल लाइफ इन्स्योरेन्स दमौलीमा कार्यरत सिद्धान्त थापा मगर ‘हिरो अफ दि मन्थ’ घोषित भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म उत्कृष्ट व्यवसाय गरी थापा ‘हिरो अफ दि मन्थ’ घोषित भएका हुन् ।
लाइफ इन्स्योरेन्समा सक्रिय रुपमा लागेका उनी शाखामै उत्कृष्ट भएको दमौली शाखा प्रमुख सञ्जय केसीले जानकारी दिए । यो सम्मानपछि यस क्षेत्रमा लाग्नका लागि थप हौसला मिलेको थापाको भनाइ छ ।