दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दमननाथ ढुंगानाको निधनमा आज सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०८१, सोमबार

    काठमाडौ । मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्वर्गीय ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्‍टि गर्ने निर्णय गरेको छ ।

    बैठकले ढुङ्गानाको निधनमा स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    बैठकले पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।

    ८३ वर्षीय ढुंगानाको कलेजो सम्बन्धि उपचारको क्रममा आइतबार दिउँसो निधन भएको थियो । उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।