दमाैली । नेकपा (एमाले) जिल्ला कमिटी तनहुँले १७ जना सदस्य मनोनित गरेको छ । पार्टीको आज बसेको दोस्रो बैठकले विधान अनुसार रिक्त सदस्यमा विभिन्न क्षेत्रबाट मनोनित गरेको हो ।
जिल्ला कमिटी सदस्यमा मनोनित हुनेहरुमा श्रीराम कार्की, प्रकाशचन्द्र भटराई, वीरेन्द्र्र अधिकारी, बसुन्धरा घर्ती, प्रिजेन्टलाल श्रेष्ठ, सुलेमान मिया, बाबुराम अधिकारी, शान्ति कुँवर, प्रेम रानाभाट, लालु थापा, घनश्याम लम्साल, दुर्गा श्रेष्ठ, धनेश्वर श्रेष्ठ, देवबहादुर गुरुङ, दानु सापकोटा, भिमबहादुर विक र राजन श्रेष्ठ रहेका छन् ।
बैठकमा नेकपा (एमाले) स्थायी कमिटिका सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङ, केन्द्रीय सदस्य तिलकबहादुर महत, केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज केदार सिग्देल, केन्द्रीय सदस्यहरु भगवती न्यौपाने लगायतले सम्बाेधन गरेका थिए ।