काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकोनिम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो ।
सुदुरपश्चिमका लागि स्कटल्यान्डका ब्याट्सम्यान ब्रान्डन म्याकमुलनले अर्धसतकीय पारी खेले । उनले ३६ बलमा ४ छक्का र ३ चौका सहित ५३ रन बनाएर आउट भए ।