दमौली । युवा अभियान्ता सुदीप गफ्फारले व्यास नगरपालिका-११ स्थित बसन्त आधारभूत विद्यालयका विद्यार्थीलाई शुक्रबार स्वीटर र मोजा वितरण गरेका छन् । ‘न्यानो अभियान’ अन्तर्गत गफ्फारले त्यस विद्यालयका १५ जनालाई सहयोग गरेका हुन् ।
विद्यालयका तर्फबाट माग आएपछि उनीहरुलाई सहयोग गरिएको गफ्फारले बताए । दुई सय विद्यार्थीलाई सहयोग गर्ने लक्ष्य बमोजिम गफ्फारले व्यास-११ स्थित चण्डिका आधारभूत विद्यालय, बन्दीपुर-१ स्थित भंगेरी आधारभूत र व्यास-८ स्थित नयॉज्योति प्राविमा सहयोग गरिसकेका छन् ।