दमौली । व्यास नगरपालिका-५ पतेनीटारस्थित आदर्श युवा क्लवले देउसीभैलोबाट संकलित रकमबाट पराशर आश्रमलाई खाद्यान्न सामग्री प्रदान गरेको छ । क्लवले शनिबार रु दश हजार बराबरको खाद्यान्न सामग्री आश्रमलाई सहयोग गरेको हो ।
क्लबले देउसीभैलो संकलन मार्फत जेष्ठ नागरिकहरूलाई सहयोग गर्ने क्रममा उक्त सामग्री प्रदान गरिएको क्लबका कोषाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए।
क्लबले यस अगाडि स्थानीय सम्झना श्रेष्ठ र माया थापालाई उपचारका लागि पाँच/पाँच हजारका दरले आर्थिक सहयोग समेत प्रदान गरिसकेको छ।
साथै यस अघि खेलकुद क्षेत्रलाई प्रबर्धन गर्न प्रथम आदर्श कप सेभेन ए साइड फुटबल प्रतियोगिता, नियमित सरसफाई सम्पन्न गरिसकेको साथै सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको क्लबका सचिव राजकुमार श्रेष्ठले जानकारी दिए।