एनप्याब्सन तनहुँको बाह्रौ खेलकुद महोत्सव सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एनप्याब्सन तनहुँको बाह्रौ खेलकुद महोत्सव सुरु

    खबरपुञ्ज संवाददाता

    २६ मंसिर २०८१, बिहीबार

    दमौली । एनप्याब्सन तनहुँको आयोजनामा बिहीबारदेखि दमौलीमा बाह्रौ खेलकुद महोत्सव सुरु भएको छ । विद्यार्थीमा रहेका प्रतिभा प्रस्फूटन गर्ने उद्धेश्य सहित खेलकुद महोत्सव आयोजना गरिएको हो ।

    प्रतियोगितामा एनप्याब्सनसँग आबद्ध जिल्लाका २५ बढी विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ । प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने अध्यक्ष विशेश्वर खनालले जानकारी दिए ।

    प्रतियोगिता अन्तर्गत बिहीबार भलिबलका दुई खेल सञ्चालन हुनेछ । त्यस्तै बिहीबार नै एक सय मिटर, दुई सय मिटर र चार सय मिटर दौडका खेल सञ्चालन हुने खेल संयोजक जयराम अधिकारीले जानकारी दिए ।

    प्रतियोगिताको उदघाटन गर्दै एनप्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाहीले पढाईसँगै खेलकुदका कार्यक्रमलाई जोड दिनुपर्ने बताए । उनले खेलकुदले विद्यार्थीको शारीरिक विकासमा सहयोग पुग्ने उल्लेख गरे ।