दमौली । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत तनहुँमा ४४ मत खसेको छ। बिहान १० बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएकामा ५१ मतमध्ये ४४ मत खसेको हो।
जिल्लामा डिपी अधिकारी र नारायण खड्का अध्यक्षमा प्रतिस्पर्धामा छन् । त्यस्तै खुल्ला उपाध्यक्षमा प्रताप राना र एसबि नेपाली, सचिवमा कृष्ण न्यौपाने र अस्मिता खनाल, खुल्ला सहसचिवमा ऋषिकान्त दुवाडी र विनोद ढुंगाना प्रतिस्पर्धामा छन् ।
खुल्ला सदस्यमा राजेश्वर हड्खले, उपेन्द्र खनाल, विष्णु गौतम, विकास खनाल र अशोक विक प्रतिस्पर्धामा छन् ।
केन्द्रमा निर्मला शर्मा, रमेश विष्ट र देवीप्रसाद सापकोटा प्रतिस्पर्धामा छन् । गण्डकी प्रदेशमा रमेश पौडेल र गोविन्द सुवेदी प्रतिस्पर्धामा छन् ।