पुसकाे दाेस्राे मङ्गलबार थानीमाइमा तीन फूलकाे डाेली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    पुसकाे दाेस्राे मङ्गलबार थानीमाइमा तीन फूलकाे डाेली

    खबरपुञ्ज संवाददाता

    ८ पुष २०८१, मंगलवार

    दमौली । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा पुसकाे दाेस्रो मङ्गलबार तीन फूलको डोली भित्रिएको छ । पहिलाे मङ्गलबार एउटा पनि फूलको डोली नभित्रएकाे मन्दिरमा आज तीन वटा डाेली भित्रिएकाे थानीमाइ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए ।

    प्रत्येक वर्ष कात्तिक, मङ्सिर, पुस, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।

    उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।