नेपाल मुस्लिम इत्तेहाद संगठन गण्डकीको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा शेर, सचिवमा तनहुँका मोहम्मद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    नेपाल मुस्लिम इत्तेहाद संगठन गण्डकीको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा शेर, सचिवमा तनहुँका मोहम्मद

    खबरपुञ्ज संवाददाता

    २० पुष २०८१, आईतवार

    पोखरा । नेकपा एमालेको भातृसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा शेर अलि निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न संगठनको प्रथम अधिवेशनले स्याङ्जाका शेर अलिलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

    अधिवेशनले संगठनको उपाध्यक्षमा कास्कीका आशिक इलाही र म्याग्दीका निजाम दिन मियाँलाई चयन गरेको छ । सचिवमा तनहुँका मोहम्मद अलि मियाँ निर्विरोध चयन हुँदा कोषाध्यक्ष र सहसचिव पदमा मनोनित गर्न बाँकी रहेको बताइएको छ ।

    त्यस्तै संगठनको कार्यसमिति सदस्यमा गोरखाका मफ्जल मियाँ, स्याङ्जाका आलम मियाँ, मोहम्मद अजिज खाँ, जलालदिन मियाँ, दिनमोहम्मद मियाँ, अजिज मियाँ र मोहम्मद सैयद मियाँ चयन भएको निर्वाचन समितिले जनाएको छ ।

    त्यस्तै कास्कीकी मजबुना खातुन, जहुर रहमान मियाँ, नइम रहमान मियाँ, तनहुँका मोहम्मद सुल्तान मियाँ, अहमद रफि मियाँ र अजनदिन मियाँ समेत कार्यसमिति सदस्यमा निर्विरोध चयन भएको संगठनका निर्वाचन समितिका अध्यक्ष मोहम्मद जुमाल अलिले बताए ।

    संगठनका प्रदेश अध्यक्ष नुर मोहम्मद मियाँको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, संगठनका केन्द्रिय अध्यक्ष सेराज अहमद फारुकी, नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला अध्यक्ष वयमबहादुर क्षेत्री, संगठनका केन्द्रिय उपाध्यक्ष इश्लाम मियाँ, उपमहासचिव जबुल मियाँ, संगठनको सचिवालय सदस्य तथा गण्डकी प्रदेश सह इन्चार्ज मुन्नी खातुन, केन्द्रिय सदस्य नासिर मियाँ लगायतले सम्बोधन गरेका थिए ।