कम्युनिष्ट एकता गर्ने अभियानमा एमाले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    कम्युनिष्ट एकता गर्ने अभियानमा एमाले

    आरके पाेख्रेल

    २३ पुष २०८१, बुधबार

    सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले भर्खरै मात्रै केन्द्रीय कमिटीको बैठक ( पुस २१-२३ ) सम्पन्न गरेको छ । देशै भरिका बुद्धिजीवि, मिडियाकर्मी आम पेशाकर्मी,व्यबसायिक मित्रहरू तथा आम जनताले यो बैठकलाई महत्त्वपूर्ण रुपमा नियालिरहेका थिए । सरकार संचालन गरिरहेको दलको बैठक भएर पनि होला सबैका आँखा च्यासल तिर नै केन्द्रित थिए, च्यासलको निर्णय नेपाली राजनीतिको रोडम्यापको निर्णय भएर पनि होला हरेक दिन, उत्साहित हुँदै मिडियाकर्मिका मित्रहरूले पनि निकै महत्व दिएर नै नेपाली जनतालाई सुसूचित गएइरहेको हामिले पाईरहेका थियौं ।

    सम्पूर्ण जनतामा चरम गुनासा र निराशाका बिचमा बनेको ओलि नेतृत्वको सरकार बन्दा देशै भरिका जनतालाई केही आशा पलाए जस्तै, सरकारको नै नेतृत्व गरेको दल अनि स्वयं प्रधानमन्त्री नै पार्टी अध्यक्ष रहेको पार्टीको बैठकले कस्तो निर्णय गर्ला भन्ने चिन्ता र चासो हुनु स्वभाविकै मानिने गर्छ,उसो त नेपाली जनताले चरम निराशाका बिचमा पनि यश अघि ओलिले नेतृत्व गरेको सरकारको खुलेर प्रशंसा गरिरहेका छन् , नेपालको संविधान जारी भए पश्चात् टेढीएको भारतले नाकाबन्दी समेत गर्यो र त्यतिबेला प्रधानमन्त्री बनेका ओलि भारत संग नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भन्दै भारतलाई खुल्ला चुनौती समेत दिएका थिए,भारतको हेपाह प्रवृत्तिलाई धुजा धुजा पारिदिने प्रधानमन्त्री भनेर नेपाली जनताले तत्कालीन ओलि सरकारको खुलेर साथ दिएका थिए उनै ओलि आज नेपाल सरकारको नेतृत्व गरिरहेका छन् ।

    हिजो मुर्छित सपना ब्युझाउने ओलि, सुरुङमार्ग खन्ने ओलि, भारतिय ठुल्दाई प्रवृत्तिलाई तह लगाउने ओलि,मुस्ताङ कोरला नाका खोल्ने ओलि, तेल तथा खनिज पदार्थमा अध्ययन तथा अनुसन्धान गर्न प्रेरित गर्ने ओलि देशको प्रधानमन्त्री हुँदा नेपाली जनताले हिजोको ओलि खोजिरहेका छन्, नाकाबन्दिको ओलि खोजिरहेका छन् हिजोको जस्तै काम भए हुन्थ्यो भन्नू नेपाली जनताको अपेक्षा स्वभाविक नै छ तरपनी भारत भन्दा चिनको भ्रमण किन गरेको भनेर रोइलो गर्नेहरुको दल र नेता भन्दा एमाले अध्यक्ष ओलि आजपनी जनतामा लोकप्रिय नै छन् यद्यपि नेपाली जनतामा चरम निराशा छाएको कुरा लुकाउन सकिदैन । आज देशको युवा शक्ति ठूलो संख्यामा बाहिरिदै छ भने- ” हिमालमा हिउँ रित्तिए जस्तै गरि ” गाउँहरु रित्तो बनिरहेको छ यी सबैमा आशा भरोसा र विस्वास जगाउने कार्य सरकारको नै हो । हामिकहाँ ६/६ महिना नपुग्दै सरकार फेरबदल भैरहनुले बिकासका दीर्घकालीन महत्त्व राख्ने योजनाहरु अलपत्र बन्ने र बनाउने काम भैरहेको नै छ यद्यपि ओलि सरकार निराशालाई आशाको दिप बाल्नेमा हिजो जस्तै तल्लिन हुनुपर्ने छ ।

    एमाले केन्द्रिय कमिटीको बैठकले पनि यहि निर्णय गरेको छ र जनतामा फेरि पनि केही आशा पलाउन थालेको छ । धुजा- धुजा परेको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने कार्यको अब एमालेले थालनी गर्नुपर्छ। अब कम्युनिस्ट आन्दोलन भित्रका चरम अवसरबादी सोच बोकि त्यसको खेती गर्नेहरु साना साना सटरमा रहेका खुद्रा ब्यापारको सपना बोकेर कुदेका कम्युनिस्टहरुलाई पनि एउटै मालामा गासेर अगाडि बढ्ने दायित्व एमालेले लिनुपर्ने छ । एमाले केन्द्रिय कमिटीको यो आठौं बैठकले गरेको महत्त्वपूर्ण निर्णय कार्यान्वयन गर्न लागौं । एमाले अध्यक्ष ओलिले भने जस्तै “अब एमालेमा कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता पूर्व समूहहरु छैनन् । हामीले पूर्व समूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ । हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । यहि भनाइलाई आत्मसाथ गरौं, अब एमालेमा समाहित हुने कसैलाई बैरभाव हुने छैन भन्ने उद्धोस केन्द्रले गरेको जस्तै तल तल वडा सम्म यसैगरी लागौं मिसन ८४ मिसन ०८४ कसैले रोक्न र छेक्न सक्दैन । साना तिना टुक्रामा रहेका कम्युनिस्ट आन्दोलनलाई सुन्दरमालामा उन्नका लागि तल देखि माथिसम्म, माथिदेखी तल सम्म लागौं । बिगत ईतिहासको पढौं,बर्तमानका लागि काम गरौं, सुनौलो भविस्यका लागि लडौं । अब पुर्व र पश्चिमको व्यबहार नगरौं यसैमा नेपाल र नेपालीको भविस्य छ । यसैबाट सुखी नेपाली समृद्ध नेपालको सपना साकार हुनेछ हार्दिक अभिवादन !!!!