दमौली । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको २७ वार्षिकोत्सवका अवसरमा दमौलीमा रक्तदान कार्यक्रम हुने भएको छ ।
वार्षिकोत्सवका अवसरमा दमौलीस्थित सिद्धार्थ होटलमा शनिबार बिहान ८ बजेदेखि १२ बजेसम्म रक्तदान आयोजना गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान आयोजना गरिएको सिद्धार्थ होटल दमौलीका अप्रेशन म्यानेजर अभिशेष अर्यालले जानकारी दिए ।
दमौलीमा गत भदौ २७ गतेदेखि सिद्धार्थ होटल सञ्चालनमा आएको थियो। एपेक्स हस्पिटालिटीको लगानी रहेको होटेल देशकै ठूलो चेन होटेल ग्रुप सिद्धार्थ हस्टिपालिटीको व्यवस्थापनमा ‘सिद्धार्थ बाटिका’ ब्राण्डअन्तर्गत सञ्चालनमा ल्याइएको हो ।
होटलमा सुविधासम्पन्न कुल ३४ वटा कोठा छन् । त्यसबाहेक करिब एक सय ५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल रहेको छ ।