छाब्दीवाराही-भादगाउँ दौड हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    छाब्दीवाराही-भादगाउँ दौड हुने

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०८१, शनिबार

    दमौली । व्यास नगरपालिका-१४ छाब्दीदेखि व्यास नगरपालिका-१ भादगाउँसम्म दौड प्रतियोगिता हुने भएको छ । आदिकवि भानुभक्त क्याम्पसले सरस्वती पूजाको दिन पारेर सोमबार दौड गर्न लागेको हो।

    छाब्दी बाराही मन्दिरबाट दौड सुरु गरि आदिकवि भानुभक्त क्याम्पसको प्राङ्गणमा आइपुग्नेगरी छात्र/छात्राको लागि खुल्ला मिनि म्याराथनको आयोजना गरिएको अतिरिक्त क्रियाकलाप संयोजक तिलबहादुर थापाले जानकारी दिए ।

    दौडमा प्रथम हुनेलाई रु दश हजार, द्वितीय हुनेलाई रु आठ हजार र तृतीय हुनेलाई रु पॉच हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत छात्रछात्रा सहभागी हुन पाउनेछन्।