दमौली । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको २७ औ वार्षिकोत्सवका अवसरमा शनिबार दमौलीस्थित सिद्धार्थ होटलमा रक्तदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो ।
त्यसक्रममा २० पिन्ट रगत संकलन भएको छ । २७ औ वार्षिकोत्सवका अवसरमा सिद्धार्थ होटलले एक सातासम्म विविध कार्यक्रम आयोजना गरेको छ।
रक्तदान कार्यक्रममा व्यास-२ का वडाध्यक्ष काशीराम श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको कार्यक्रमले अस्पतालमा रगतको माग पूरा हुने बताए ।