आँबुखैरेनी अध्यक्ष कपको उपाधि वडा नम्बर ३ लाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी अध्यक्ष कपको उपाधि वडा नम्बर ३ लाई

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०८१, आईतवार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेको छ । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई पराजित गर्दै वडा नम्बर ३ ले उपाधि जितेको हो ।

    उपाधिसँगै वडा नम्बर ३ ले नगद रु २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता इलाका प्रहरी कार्यालय आँबुखैरेनीले नगद रु १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    प्रतियोगितामा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका मुकेश श्रीष बेस्ट स्पाईकर, इलाका प्रहरी कार्यालय आँबुखैरेनीकै दल बहादुर रेश्मी बेस्ट सेटर, वडा नम्बर ६ ए का विक्रम गुरुङ बेस्ट ब्लकर र वडा नम्बर ३ का गोर्कण थापा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

    विजेतालाई गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पुरस्कार वितरण गर्दै गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

    प्रतियोगितामा गाउँपालिकाका प्रत्येक वडाबाट दुई टिम, सामुदायिक विद्यालयका शिक्षकहरुबाट दुई टिम, संस्थागत विद्यालयका शिक्षकहरुबाट एक टिम, आँबुखैरेनी गाउँपालिकाका कर्मचारीबाट एक टिम, जनप्रतिनिधिबाट एक टिम र इलाका प्रहरी कार्यालयबाट एक टिमको सहभागिता रहेको थियो ।