


दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेराटारमा टिप्परको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने ४१ वर्षीया अप्सरा क्षेत्री रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ त ५८९६ नम्बरको टिप्परले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश ३–०१०२२ च ६७७८ नम्बरको कार र ग ४ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनमा स्कूटर चालक अप्सराका छोरा २१ वर्षीय दीपेशकुमार क्षेत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।
दुर्घटनामा घाइते भएकी अप्सरालाई उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ थापाले बताए।
दुर्घटनामा कार चालक शुक्लागण्डकी नगरपालिका–११ साँखे बस्ने ३१ वर्षीय महेश पौडेल घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको र उपचारपश्चात् डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।