दमौली । युवा अभियान्ता सुदीप गफ्फारले सोमबार तनहुँको व्यास नगरपालिका-४ स्थित तनहुँ कालिका सहिद पार्कमा सरसफाई गरेका छन् ।
सामाजिक काममा सक्रिय गफ्फारले त्यस क्षेत्रको सौन्दर्यताका लागि सरसफाई गरेका हुन् । त्यसक्रममा ६ बोरा फोहर व्यवस्थापन भएको गफ्फारले बताए। सरसफाईका क्रममा सिरिन्ज र वियरका बोतल बढी भेटिएको उनले बताए ।