दमौली । म्याग्दे गाउँपालिका-२ स्थित न्यु भिजन युवा क्लवले राधा माविमा सरस्वतीको मन्दिर निर्माण गरेको छ ।
क्लवले विद्यालय परिसरमा निर्माण गरेको मन्दिरको सरस्वती पूजाको अवसर पारी सोमबार उद्घाटन गरिएको छ। मन्दिरको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र क्लवका अध्यक्ष राजिव श्रेष्ठले संयुक्त रुपमा उदघाटन गरेका छन् ।
मन्दिर उदघाटन अघि जामुने योग साधनाका गुरुहरुद्वारा हवन गराई मूर्ति स्थापना गरिएको थियो। रु चार लाख ५० हजारको लागतमा मन्दिर निर्माण गरिएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
सामाजिक काममा सक्रिय क्लवले समाजमा रहेका विकृति, विसंगति न्यूनीकरणका साथै युवाहरुमा नेतृत्व विकासको काम गर्दै आएको छ ।