मङ्गलबार सार्वजनिक बिदा भएपनि व्यासमा एचपिभी खोप अभियान सञ्चालन हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मङ्गलबार सार्वजनिक बिदा भएपनि व्यासमा एचपिभी खोप अभियान सञ्चालन हुने

    खबरपुञ्ज संवाददाता

    २० माघ २०८१, सोमबार

    दमाैली । गण्डकी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा मङ्गलबार सार्वजनिक बिदाको निर्णय गरेपनि व्यास नगरपालिकामा एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रिय क्यान्सर दिवसको अवसर पारी सुरुवात हुने एचपिभी खोप अभियान नगरपालिकाका सबै खोप केन्द्रबाट नियमित सञ्चालन हुने व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

    नगरपालिकाभित्रका १४ वटै वडाका विद्यालयमा पुगेर विद्यालय जाने तीन हजार आठ सय ९८ र विद्यालय नजाने दश छात्राहरुलाई यो खोप लगाइने सोतीले बताए ।

    कक्षा छ देखि १० कक्षासम्म अध्ययनरत (विद्यालय जाने) र १० देखि १४ वर्षसम्मका (विद्यालय नजाने) छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको सोतीले जानकारी दिए ।

    वडा नम्बर १ मा छ, वडा नम्बर २ मा चार, वडा नम्बर ३ मा तीन, वडा नम्बर ४ मा चार, वडा नम्बर ५ मा छ, वडा नम्बर ६ मा चार, वडा नम्बर ७ मा चार, वडा नम्बर ८ मा एक, वडा नम्बर ९ मा दुई, वडा नम्बर १० मा चार, वडा नम्बर ११ मा पाँच, वडा नम्बर १२ मा पाँच, वडा नम्बर १३ मा तीन र वडा नम्बर १४ मा एक खोप केन्द्र रहेका छन् ।