प्रेस चौतारी पत्रकारिता पुरस्कार श्रेष्ठलाई प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेस चौतारी पत्रकारिता पुरस्कार श्रेष्ठलाई प्रदान

    खबरपुञ्ज संवाददाता

    २१ माघ २०८१, मंगलवार

    दमौली । प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठलाई प्रदान गरिएको छ । शाखाको मंगलबार यहॉ आयोजित दशौ जिल्ला अधिवेशनका अवसरमा श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको हो। 

    नेकपा (एमाले) का केन्द्रीय सदस्य केदार सिग्देल, प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ विविले संयुक्त रुपमा उक्त पुरस्कार श्रेष्ठलाई प्रदान गरेका छन् । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।

     प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट रु एक लाखको पत्रकारिता अक्षयकोष स्थापना गरेको थियो । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ । 

    यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का, बसन्ती बास्तोला, कृष्ण न्यौपाने पुरस्कृत भइसकेका छन् ।