रत्नहारी र रुम्सी होमस्टेबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रत्नहारी र रुम्सी होमस्टेबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता

    खबरपुञ्ज संवाददाता

    २२ माघ २०८१, बुधबार

    दमाैली । तनहुँकाे व्यास नगरपालिका वडा नं ४ भोर्लेटारचोक स्थित रहेको श्री रत्नहारी मेमोरियल अस्पताल प्रा. लि. र व्यास नगरपालिका वडा नं १४ मा रहेको रुम्सी होमस्टे सञ्चालक समिति बीच स्वास्थ्य सेवा सहकार्य सम्झौतामा गरिएको छ ।

    सम्झौताअनुसार होमस्टे सञ्चालक र उनीहरूका कर्मचारीहरूले अस्पतालका सम्पूर्ण सेवामा १०% छुट प्राप्त गर्नेछन्। त्यस्तै औषधिजन्य वस्तुहरूमा ५% छुटको सुविधा समेत उपलब्ध गराइनेछ । साथै, अस्पतालले प्रत्येक वर्ष होमस्टे सञ्चालित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ ।

    सम्झौतापत्रमा रत्नहरि अस्पतालका व्यवस्थापक लिलबहादुर थापाले र होमस्टे सञ्चालक समिति अध्यक्ष सन्तोष राना मगरले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हताक्षर गदै अस्पतालका व्यवस्थापक थापाले भने,“स्वास्थ्य सेवा र पर्यटन प्रवद्र्धनलाई एकसाथ अघि बढाउने यो सम्झौता महत्त्वपूर्ण छ। स्थानीय तथा पर्यटकहरूलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं।“

    त्यस्तै रुम्सी होमस्टे सञ्चालक समितिका अध्यक्ष रानाले भने,“पर्यटकहरूको स्वास्थ्य सुरक्षाका लागि अस्पतालसँगको सहकार्य लाभदायक हुनेछ। यसले हाम्रो क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान दिने विश्वास लिएको छ।” सम्झौताले उक्त ठाँउमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।

    गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरिएको थियो । गण्डकी प्रदेश सरकारले ६५ लाख र व्यास नगरपालिकाले ३५ लाख रुपैयाँ लगानी साझेदारी गरेका छन् । परियोजना अन्तर्गत ११० घरधुरीमा पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ भने ३० घरधुरीमा होमस्टे पूर्वाधार विकास गरिएको छ ।