दमौली । नेकपा माओवादी केन्द्र तनहुँले आठ जना सहिद भएको म्याग्दे गाउँपालिका-५, छाङ साउनेपानी पुगेर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
माओवादी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाको नेतृत्वमा पुगेको टोलीले सहिदहरुको सम्झनामा निर्मित सहिद स्मारकमा माल्यार्पण गर्दै सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।
विसं २०५८ साल माघ २३ गते साउनेपानीमा आठ माओवादी कार्यकर्ता सहिद भएका थिए। त्यसक्रममा श्रीराम खनाल, भरतचन्द्र अधिकारी, कलावती अधिकारी, वनबहादुर कुमाल, कलावती पौडेल, गणेश परियार, गीता विक, अन्जु, सन्तोषी बराललाई तत्कालिन सेनाले हत्या गरेको थियो ।