दमौलीमा बहुल जातीय सांस्कृतिक महोत्सव हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा बहुल जातीय सांस्कृतिक महोत्सव हुने

    खबरपुञ्ज संवाददाता

    २३ माघ २०८१, बिहीबार

    दमौली । व्यास नगरपालिका प्राज्ञिक परिषद्को आयोजनामा दमौलीमा बहुल जातीय सांस्कृतिक महोत्सव हुने भएको छ। परिषद्को आयोजनामा फागुन ७ गतेदेखि ९ गतेसम्म सांस्कृतिक महोत्सव गर्न लागिएको हो ।

    नगरपालिकाले महोत्सव सफल बनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

    यसैबीच नगरपालिकाको बुधबार बसेको बैठकले विविध निर्णय गरेको छ । बैठकमा माघ ७ गते नगर कार्यपालिकावाट भएका निर्णयहरूको समीक्षा गरिएको जनाइएको छ ।

    माघ १७ र १८ गते निर्मल मा.वि. प्राङ्गणमा भएको विद्यालय स्तरीय विद्यार्थी प्रतिभा पहिचान र शैक्षिक मेला कार्यक्रमको प्रतिवेदन शिक्षा शाखाको तर्फवाट प्रस्तुत भई वैठकमा जानकारी प्राप्त भएको र प्रतिभा पहिचान र शैक्षिक मेला कार्यक्रममा सहभागी सबै विद्यालय र व्यवस्थापनमा सहयोग पुऱ्याउनुहुने निर्मल मा.वि.लाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको छ ।

    बैठकले व्यास नगरपालिका अन्तरगतका सबै वडाहरुको जग्गा वर्गीकरणको प्राप्त प्रतिवेदनका आधारमा सम्बन्धित जग्गाधनीहरुको कुनै दावी भएमा सम्बन्धित वडामा भएको विवरण हेरी वडा कार्यालय मार्फत ३५ दिन भित्र निवेदन दिने गरी सूचना जारी गर्न घर नक्सा शाखालाई निर्देशन दिने निर्णय गरेको जनाएको छ ।

    बैठकले व्यास नगरपालिकाका पुर्व कार्यपालिका सदस्य श्री शषि आचार्य र पुर्व सल्लाहकार श्री भैरव कैनीको हालसालै दुःखद निधन भएकाले हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरेको प्रवक्ता सुरेश थापाले जानकारी दिए ।