दमाैली । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि समस्या समाधान आयोगको तनहुँ सदस्यमा तीन जनालाई नियुक्त गरेका छन् ।
सो मन्त्रालयका मन्त्री बलराम अधिकारीले आयोगको विज्ञ सदस्यमा नेकपा (एमाले) का नेता श्रीराम कार्कीलाई नियुक्त गरेका छन् । त्यस्तै सदस्यमा नेकपा (एमाले) कै रामचन्द्र उपाध्याय र महिला सदस्यमा नेपाली काङ्ग्रेसकी नेतृ आशा थापा नियुक्त भएकी छन् ।
यसअघि आयोगको अध्यक्षमा नेपाली काङ्ग्रेसका गोविन्द सिलवाल नियुक्त भइसकेका छन् ।