भिमादमा विद्यार्थीलाई यातना दिने शिक्षिका पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादमा विद्यार्थीलाई यातना दिने शिक्षिका पक्राउ

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०८१, बुधबार

    दमौली । भिमाद नगरपालिका–६ भिमाद स्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत बालकलाई यातना दिने शिक्षिका पक्राउ परेकी छन् ।

    १० वर्षीय बालक प्रमिस परियारलाई यातना दिने सोही विद्यालयकी शिक्षिका (लेखापालको रुपमा कार्यरत) ३४ वर्षीया सुष्मा श्रेष्ठलाई बुधबार विहान भिमाद प्रहरीले गिरफ्तार गरेको छ ।

    हल्ला गरेको भन्दै ती शिक्षिकाले बालकलाई तातो पनियोले गालामा हानेकी थिइन् ।

    शिक्षिकाले आफ्नो गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ।