तातो पनियाेले गालामा डामेर तीन विद्यार्थी घाइते बनाउने शिक्षिका विरुद्ध पाँच दिनकाे म्याद थप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तातो पनियाेले गालामा डामेर तीन विद्यार्थी घाइते बनाउने शिक्षिका विरुद्ध पाँच दिनकाे म्याद थप

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०८१, बुधबार

    दमाैली । तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कूलका तीन विद्यार्थीलाई पनियाेले डामेर घाइते बनाउने शिक्षिका विरुद्ध पाँच दिनकाे म्याद थप गरिएकाे छ ।

    विद्यालयकी शिक्षिका एवं लेखापाल सोही ठाउँ बस्ने ३४ वर्षीय सुष्मा श्रेष्ठविरुद्ध प्रहरीले पाँच दिनकाे म्याद थप गरेकाे हाे । बालकहरूको अभिभावकबाट जाहेरी लिई निज लेखापाल एवं शिक्षिका श्रेष्ठलाई बुधबार नियन्त्रणमा लिइ बालबालिका विरुद्धको कसुरमा तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजु अधिकारीले बताए ।

    मङ्गलबार विद्यालय समयमा होहल्ला गरेको भनी सजाय दिने क्रममा श्रेष्ठले तातो पनियाेले हान्दा तीन जना घाइते भएको उनकाे भनाइ छ । उनले भने, “नाम गोप्य राखिएको एक जना बालकलाई खाना पकाउने तातो पन्युले गालामा डाम्दा घाइते भएको भनि सामाजिक सञ्जालमा प्रशारण भए पश्चात सो घटनाको सम्बन्धमा बुझ्दा अन्य नाम गोप्य राखिएको दुई जना समेत पीडित भएको खुल्न आएको छ ।”