भूमि समस्या समाधान आयोगका सदस्यद्वारा शपथग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भूमि समस्या समाधान आयोगका सदस्यद्वारा शपथग्रहण

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०८१, बिहीबार

    दमौली । भूमि समस्या समाधान आयोग तनहुँका नवनियुक्त सदस्यहरुले शपथग्रहण गरेका छन् । जिल्ला समन्वय समिति तनहुँको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष गोविन्द सिलवालले विज्ञ सदस्य श्रीराम कार्की, सदस्य रामचन्द्र उपाध्याय र महिला सदस्य आशा थापालाई शपथ गराएका हुन् ।

    कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व सांसद केदार सिग्देलले आयोगले परिणाम दिने गरी काम गर्नुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले स्थानीय तहसँग समन्वय गरेर आयोगले वास्तविक भूमिहिनको समस्या समाधान गर्नुपर्ने बताए ।

    कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, आयोगका पूर्व केन्द्रीय सदस्य एकबहादुर राना, पूर्व जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा एमालेका जिल्ला उपाध्यक्ष राजेश्वर ढकाल, नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र सापकोटा लगायतले भूमिहिनको समस्या समाधानका लागि वर्तमान आयोग सफल हुनुपर्ने बताए ।