प्रधानसेनापति खुला म्याराथनमा खड्का प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रधानसेनापति खुला म्याराथनमा खड्का प्रथम

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०८१, शनिबार

    काठमाडौं । प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताअन्तर्गत ४२ किलोमिटर दूरीको दौडमा नेपाली सेनाको रणशेर गणका हुद्दा खड्गबहादुर खड्का प्रथम भएका छन् । शनिबार नेपाली सेनाद्वारा आयोजित म्याराथनमा निर्धारित दूरी दुई घण्टा १७ मिनेट २० सेकेन्डमा पूरा गरी खड्का प्रथम भएका हुन् ।

    यस्तै, २१ किलोमिटर हाफ म्याराथन खुला पुरुषतर्फ नेपाली सेनाकै प्युठ मुकेशबहादुर पाल प्रथम भए । निर्धारित दूरी उनले एक घण्टा चार मिनेट ४१ सेकेन्डमा पूरा गरे ।

    २१ किलोमिटर हाफ म्याराथन खुला महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भइन् । निर्धारित दूरी उनले एक घण्टा १७ मिनेट चार सेकेन्डमा पूरा गरिन् ।

    १० किलोमिटर दूरीको सैनिक सहचारीतर्फको दौडमा भारतीय दूतावासका प्रेमलाल चौहान प्रथम भए । सेनाका अधिकृततर्फको १० किमि दौडमा उपसेनानी सन्तोष श्रेष्ठ प्रथम भए ।

    सेनाका महिला अधिकृततर्फको १० किमि दूरीको दौडमा उपसेनानी जिना गुरुङ प्रथम भइन् ।

    सेना दिवसका अवसरमा ०७२ सालदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।