चितवन । फागुन २ गते त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ ।
उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
शव भेटिएपछि पोस्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको छ। रोहितका परिवारले शव सनाखत गरिसकेका छन्।