दमौली। ४३ औ मगर दिवसका अवसरमा तनहुँका विभिन्न पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। ऑबुखैरेनी, म्याग्दे र भानु नगरपालिकाले फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
ऑबुखैरेनीमा मगर जातिको बाहुल्यता रहेको र धर्म, कला, संस्कृतिको संरक्षणका लागि बिदा दिने निर्णय भएको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।