शुक्लागण्डकी महोत्सवमा आज राति जी–बबको लाईभ कन्सर्ट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी महोत्सवमा आज राति जी–बबको लाईभ कन्सर्ट

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०८१, शुक्रबार

    दमौली । ‘र्याप ब्याटल ’ बाट एक्कासी चर्चामा आएका जी –बब नामले लोकप्रिय बनेका र्यापर सुदीप भण्डारी पहिलोपल्ट शुक्लागण्डकी आउने भएका छन् ।

    शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको चौथो शुक्लागण्डकी महोत्सवमा आज उनी लाईभ कन्सर्टमा आउन लागेका हुन् । कन्सर्ट महोत्सव स्थल बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको परिसरमा हुने छ ।

    ‘मिलेन लेभल तेरो’ बोलको बहुचर्चित गीतसँगै फाइनल्ली भेटियो, कलाको म धनी, भाग न भाग, कलाकार, सिधा कुरा मेरो लगायतका गीत उनका लोकप्रिय छन् । कन्सर्टको लागि टिकटको मुल्य ५ सय रुपैयाँ राखिएको कन्सर्ट संयोजक प्रकाश थापाले जानकारी दिए । महोत्सव अन्तर्गत यो तेस्रो कन्सर्ट हो । आगामी फागुन १९ गते जेम्सीको लाईभ कन्सर्ट हुने छ ।