नेपाल ठकुरी समाज तनहुँको अध्यक्षमा गीता मल्ल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल ठकुरी समाज तनहुँको अध्यक्षमा गीता मल्ल

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०८१, आईतवार

    दमौली । नेपाल ठकुरी समाज तनहुँको अध्यक्षमा गीता मल्ल शाही चयन भएकी छन् । समाजको शुक्रबार सम्पन्न छैटौ जिल्ला अधिवेशनबाट गीताको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ ।

    अधिवेशनबाट समाजको वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर सेन ठकुरी, उपाध्यक्षमा यामबहादुर चन्द ठकुरी, कृष्णबहादुर सिंह, सचिवमा सूर्यबहादुर हमाल, कोषाध्यक्षमा मिना मल्ल ठकुरी, सहसचिवमा मुन्नी शाही ठकुरी, सहकोषाध्यक्षमा जगतबहादुर खॉण ठकुरी र सदस्यहरुमा प्रकाशसिंह ठकुरी, कल्पना खॉण ठकुरी, बसन्त सिंह ठकुरी, हर्कबहादुर सेन, अमृता शाही, तुलबहादुर खॉण, हिमकुमारी शाही, रेशमबहादुर मल्ल, चिरञ्जीवि शाही र तुलबहादुर सेन चयन भएका छन् ।