दमौली । व्यास नगरपालिका-१२ का युवा अभियान्ता अविनाश पन्थले क्यान्सर पीडित श्रीकृष्ण विकलाई आर्थिक सहयोग गरेका छन् । व्यास नगरपालिका-१३ निवासी ब्लड क्यान्सर पीडित विकको उपचारमा सघाउन पन्थको नेतृत्वमा रु १९ हजार आठ सय प्रदान गरिएको हो ।
निजको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरिएको पन्थले बताए ।
सामाजिक काममा सक्रिय पन्थले केही समय अगाडी विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा समेत उपलब्ध गराएका थिए ।