प्रदेशस्तरीय भलिबलको फाइनल आज : शुक्लागण्डकी र बौदीकाली भिड्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रदेशस्तरीय भलिबलको फाइनल आज : शुक्लागण्डकी र बौदीकाली भिड्दै

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०८१, मंगलवार

    दमौली । प्रदेशस्तरीय भलिबल प्रतियोगिताको फाइनलमा तनहुँको शुक्लागण्डकी नगरपालिका र नवलपुरको बौदीकाली गाउँपालिका प्रवेश गरेका छन् । जिल्लाको शुक्लागण्डकी–५ मा जारी चौथो शुक्लागण्डकी महोत्सवअन्तर्गत प्रदेशस्तरीय भलिबल प्रतियोगिताको फाइनलमा मंगलबार शुक्लागण्डकी र बौदीकाली भिड्ने भएका हुन् ।

    सोमबार भएका सेमिफाइनलको पहिलो खेलमा स्याङ्जाको हरिनास गाउँपालिकालाई ३–१ को सेटले पराजित गर्दै शुक्लागण्डकीले फाइनलको यात्रा सुरक्षित गरेको हो । दोस्रो खेलमा नवलपुरको बौदीकालीले स्याङ्जाको पुतलीबजार नगरपालिकालाई ३–१ को सेटमा हराउँदै फाइनलमा शुक्लागण्डकीसँग भिड्ने पक्का गरेको हो ।

    तेस्रो स्थानका लागि स्याङ्जाको हरिनास गाउँपालिका र स्याङ्जाकै पुतलीबजार नगरपालिकाबीच मङ्गलबार खेल हुनेछ ।

    प्रतियोगितामा प्रथम हुने समूहले नगद रु दुई लाख, द्वितीयले रु एक लाख, तृतीयले रु ५० हजार र सान्त्वना हुनेले रु २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।