जग्गा खरिद प्रकियासँग सम्बन्धित अडियोको छानबिन गर्न रास्वपाको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जग्गा खरिद प्रकियासँग सम्बन्धित अडियोको छानबिन गर्न रास्वपाको माग

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०८१, मंगलवार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समितिले व्यास नगरपालिकाको सरसफाई केन्द्रको जग्गा प्रकृयासँग सम्बन्धित अडियो प्रकरणको छानबिनका लागि माग गरेको छ।

    रास्वपा व्यास नगर सभापति चुडामणि दाहालले मंगलबार प्रेस विज्ञप्ती प्रकाशित गरी उक्त प्रकरण सम्बन्धित रहेर नगरपालिकाकै कर्मचारी संलग्न रहेको अडियो काण्डको छानबिनका लागि माग गरेका हुन् ।

    विज्ञप्तीमा भनिएको छ, ‘फोहर व्यवस्थापन जस्तो संवेदनशील विषयको दीर्घकालीन समाधानका लागि जुनसुकै स्थानमा गरेतापनि स्थानीय वासिन्दाहरुको समेत सहमतिमा गर्नु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । सो सम्बन्धमा कुनै समस्या भएको खण्डमा सर्वपक्षीय/सर्वदलीय पहलको आवश्यकता परेमा हाम्रो पार्टीको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’