दमौली। मगर राष्ट्रिय मुक्ति मोर्चा तनहुँको अध्यक्षमा सुमन आले मगर निर्वाचित भएका छन् । मंगलबार दमौलीमा सम्पन्न मोर्चाको चौथो जिल्ला अधिवेशनबाट शुक्लागण्डकीका सुमन अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्ष कटक बहादुर थापा मगर (आँबुखैरेनी),
उपाध्यक्ष (महिला)मा दमयन्ति थापा मगर (बन्दिपुर), सचिवमा जनक राना मगर (घिरिङ), सहसचिवमा तिल बहादुर थापा मगर (देवघाट),कोषाध्यक्षमा नारायण थापा मगर (व्यास) चयन भएका छन् ।