दमौली। राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले व्यास नगरपालिकाको सरसफाई केन्द्र जग्गा प्रकरणसँग सम्बन्धित रहेर सार्वजनिक भएको अडियो काण्डको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
घर्तीले यस प्रकरणलाई गम्भीरतापूर्वक लिन र राजनीतिक दल सहितको निष्पक्ष छानबिन समिति बनाउन आग्रह गरेका छन् ।
उनले भने, ‘व्यास नगरपालिका भित्रको लुटतन्त्र र मनपरीतन्त्रको अन्त्यको लागि सम्पूर्ण राजनैतिक दल एवम् नगरवासीहरु एक हुन् जरुरी छ।’