सहिद सप्ताहमा सहिदका परिवारसँग भेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    सहिद सप्ताहमा सहिदका परिवारसँग भेट

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०८१, बुधबार

    दमाैली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटीले सहिद सप्ताहमा सहिदका परिवारसँग भेट गरेको छ ।

    विभिन्न कालखण्डमा सहिद भएका व्यक्तिका परिवारलाई भेटघाट गर्दै सान्त्वना प्रदान गर्नका लागि नगर कमिटीले बुधबार सहिद परिवारको घरमै पुगेर भेट गरेको हो ।

    शुक्लागण्डकी नगरपालिका–११ राइपुर खोलाखेतका सहिद देवेन्द्र पोख्रेल, अलैचेका राजन सिग्देल, गहतेका दुर्गाराज गौतमको परिवारमा पुगेर भेटघाट गर्दै सहिदका बुबाआमा, जीवनसङ्गिनी, आफन्तसँग सुझाव लिइएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शुक्लागण्डकीका पूर्व अध्यक्ष एवं जिल्ला कमिटी सदस्य मनराज गुरुङले जानकारी दिए।

    मङ्गलबार शुक्लागण्डकी–७ स्याउलीबजारमा सहिद गीता विक, शुक्लागण्डकी–६ खैरेनीटारकी सन्तोषी बराल’, दरगाउँका केशवबहादुर दर्लामीको परिवारसँग भेटघाट गरिएको थियो । यस्तै बेपत्ता शुक्लागण्डकी–३ कवासेका दिलबहादुर लम्साल र शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाका टङ्क शर्मा भण्डारीको परिवारसग भेटघाट गरिएको गुरुङले बताए।