बारको अध्यक्षमा पॉच जनाको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बारको अध्यक्षमा पॉच जनाको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०८१, बिहीबार

    काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । 

    प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरौलाका अनुसार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र, वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठ, अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आशीष पौडेलले उम्मेदवारी दिएका छन् । 

    आगामी चैत २३ गते २५ नयाँकार्यसमितिका लागि निर्वाचन हुँदैछ । महासचिवमा भने वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला, अधिवक्ता हरिशरण कार्की र अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ