सरकार प्रवक्ता भन्छन्- राजावादी मच्चिँदैमा राजतन्त्र फर्कंदैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकार प्रवक्ता भन्छन्- राजावादी मच्चिँदैमा राजतन्त्र फर्कंदैन

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०८१, शुक्रबार

    काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजतन्त्र फर्किहाल्ने सम्भावना नरहेको बताएका छन् ।

    शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

    पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका क्रियाकलापलाई उनले ‘हैसियत भुलेको’ रुपमा टिप्पणी गरे ।

    म फेरि फर्कन्छु भनेर जुन खालको हर्कत भइरहेको छ । यो चाहिँ उसले आफ्नो हैसियत भुलेको हो,’ उनले भने ।