म्याग्दी र बागलुङमा भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    म्याग्दी र बागलुङमा भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०८१, शनिबार

    पोखरा । म्याग्दी र बागलुङमा भूकम्प गएको छ ।म्याग्दीमा भूकम्प गएको केही घण्टामै बागलुङमा पनि भूकम्प गएको छ । म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि बागलुङमा भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

    त्यसअघि बिहान ३ बजेर १४ मिनेटमा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्पको धक्का म्याग्दीसहित आसपासका जिल्लामा महसुस भएको छ ।

    पछिल्लो समय नेपाल, भारत र पाकिस्तानका विभिन्न क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प जानेक्रम बढेको छ ।