स्ववियु निर्वाचन : तनहुँका तीन क्याम्पसमा आज मनोनयन दर्ता हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्ववियु निर्वाचन : तनहुँका तीन क्याम्पसमा आज मनोनयन दर्ता हुँदै

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०८१, मंगलवार

    दमौली । स्ववियु निर्वाचन अन्तर्गत तनहुँका तीन क्याम्पसमा आज मंगलबार मनोनयन दर्ता हुँदैछ । चैत ५ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

    व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस, भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पस र ऑबुखैरेनी गाउँपालिका-३ स्थित ऑबुखैरेनी क्याम्पसमा मनोनयन दर्ता हुँदैछ ।

    शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसमा भने केही दिनपछि उम्मेदवारी दर्ता हुने जनाइएको छ ।