पोखरा, १ चैत । नेकपा (एमाले) का युवा नेता आरके पोख्रेलले एमाले गण्डकी प्रदेशको कार्यालय सचिवको जिम्मेवारी पाएका छन् ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको तेस्रो पुर्ण बैठकले दिएको अख्तियार अनुसार फागुन २० गते बसेको सचिवालय चौथो पूर्ण बैठकले पोख्रेललाई प्रदेश कमिटीको कार्यालय सचिवको जिम्मेवारी तोकेको हो ।
पार्टीका प्रदेश अध्यक्ष नवराज शर्माले शुक्रबार पोख्रेललाई मनोनयन गरिएको पत्र हस्तान्तरण गर्दै पार्टीको विधि, पद्धति र अनुसाशनमा रही उक्त जिम्मेवारी वहन गर्ने विश्वास व्यक्त गरेका छन् ।