व्यास युथ क्लवद्वारा मस्जिदमा पानी र फ्रुटी सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास युथ क्लवद्वारा मस्जिदमा पानी र फ्रुटी सहयोग

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०८१, आईतवार

    दमौली । व्यास नगरपालिका-४ स्थित व्यास युथ क्लवले नुरी हन्फी जामे मस्जिदमा पानी र फ्रुटी वितरण गरेको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व रमजानको अवसर पारेर क्लवले २० कार्टुन पानी र तीन सय ९० थान फ्रुटी वितरण गरेको हो ।

    सामाजिक उत्तरदायित्व र धार्मिक सहिष्णुताको भावना विकास गर्न मस्जिदमा सहयोग गरिएको क्लवका अध्यक्ष खेम गुरुङले जानकारी दिए ।

    दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले युवा क्लवले सामाजिक क्षेत्रमा गर्दै आएको सहयोग उदाहरणीय रहेको चर्चा गरे ।