आदिकवि स्ववियु निर्वाचन : अदालतद्वारा कारण देखाउ आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकवि स्ववियु निर्वाचन : अदालतद्वारा कारण देखाउ आदेश

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०८१, आईतवार

    दमौली । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको निर्वाचन प्रकृयामा धॉधली भएको भन्दै उच्च अदालत पोखरामा दर्ता गरिएको रिट उपर अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

    न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले उक्त रिट उपर सुनुवाई गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

    आदेशमा भनिएको छ, ‘ यसमा के कसो भएको हो? निवेदकहरुको निवेदन माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो? माग बमोजिमको आदेश जारी गर्नु नपर्ने कुनै कानूनसम्मत आधार र कारण भए खुलाई आदेश सहितको सूचना प्राप्त भएको मितिले बाटाको म्याद वाहेक १५ (पन्ध्र) दिनभित्र आफै वा कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्नु भनी निवेदन र यो आदेशको प्रतिलिपि समेत साथै राखी विपक्षीहरुका नाउँमा म्याद (सूचना) जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नु।’

    इजालसले निवेदकको दावी बमोजिम अन्तरिम आदेश भने दिन अस्वीकार गरेको छ। निवेदनमा उल्लेख गरेको सन्दर्भ र विषयवस्तु अन्तिम निरुपण हुँदाका वखत विवेचना हुने प्रकृतिको देखिँदा हाललाई माग बमोजिम अन्तरिम आदेश जारी नगरिएको जनाइएको छ ।