दमौली। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ र देवघाट गाँउपालिकाको संयुक्त आयोजनामा देवघाटस्थित सिटीहलमा रेविज विरुद्धको खोप अभियान तथा बन्ध्याकरण शिविर सन्पन्न भएको छ ।
आइतबार सञ्चालन गरिएको शिविरमा सामुदायिक ४१ र घरपालुवा २६ गरी ६७ वटा कुकुरको बन्ध्याकरण गरिएको केन्द्रका अधिकृत रुद्धसिंह ठकुरीले जानकारी दिए ।
शिविरमा डा. अनन्त कोईरला, डा. राजेश कुमार चौधरी, डा. मनोज विश्वकर्मा र डा. आशिष गौतम सहित २२ जनाको टोली सहभागी थिए।
यस्तै चैत ४ र ५ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा शिविर सञ्चालन गरिनेछ ।