दमौली । दमौलीका विभिन्न क्षेत्रमा आज सोमबार छ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । मुग्लिन – पोखरा सडक विस्तार कार्य अन्तर्गत दमौली, बुल्दी खोला क्रसिङ राजमार्ग किनारको पोल स्थानान्तरण गर्ने कार्यका लागि छ घण्टा विद्युत अवरुद्ध हुन लागेको हो ।
दमौली फिडरवाट आपुर्ति हुने भादगाउ, गल्वुवेसी, मालेवगर, तालघरे लगायतका स्थानमा विहान ११ बजेदेखि ५ बजेसम्म विद्युत सेवा बन्द रहने विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जानकारी दिएको छ ।