राष्ट्रपतिको स्वकीय सचिवबाट हटाइएका अधिकारीले भने – यो निर्णय गराउन सफल भएकालाई शुभकामना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रपतिको स्वकीय सचिवबाट हटाइएका अधिकारीले भने – यो निर्णय गराउन सफल भएकालाई शुभकामना

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०८१, मंगलवार

    दमौली, ५ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवबाट हटाइएका चिरञ्जिवी अधिकारीले आफूलाई लोकतान्त्रिक विधि र प्रकृया नअपनाइ हटाइएकोमा दुखेसो व्यक्त गरेका छन् ।

    मंगलबार सामाजिक सञ्जालमार्फत् उनले आफूलाई हटाइएको बारे मिडियाबाट जानकारी पाएको बताए । उनले भने, ‘१६/१७ वर्ष सम्म सत्ता र शक्तिमा नहुँदा पनि मत र मन दिएर अनवरत रुपमा गरेको सेवा को प्रतिफल । बर्खास्ति (हटाइएको)मा परेको कुरा पनि मिडिया र सामाजिक सन्जाल बाट जानकारी भयो । मिडिया र सामाजिक सञ्जालमा राख्न लगाउनु भन्दा पहिला लोकतान्त्रिक बिधि र प्रकृया अपनाएको भए हुने थियो ।’

    जुनसुकै परिस्थिति पनि आफ्नो तर्फबाट सधै इमानदारिता समर्पण र निष्ठाका साथ आफ्नो कर्तव्य पुरा गर्ने प्रयास गरेको बताउँदै उनले भने, ‘ तर आज जो- जो यो निर्णय गराउन सफल हुनुभयो उहाँहरु लाई आगामी दिनका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।’